– सुरज रायमाझी ।
भुमिकास्थान नगर पालिका वडा न ४ निवासी मिर्गौला पिडित बर्ष २९ का राम कुमार नेपालीलाई ज्योति लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखाको पहलमा आर्थिक सहयोग गरिएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखामा कार्यरत कर्मचारी तथा एजेन्सी र अभिकर्ताहरुले मिर्गौला पिडित नेपालीलाई आर्थिक सहयोग जम्मा गरि उहाको आमा जाल्पा नेपालिलाइ हस्तान्तरण गरिएको छ ।
नेपाली हाल उपचारको क्रममा भारतमा मृगौलाको डायलाइसिस गराइ रहनु भएको र उहाको घर परिवारको आर्थिक अवस्था अत्यान्तै नाजुक रहेको हुदा उपचारमा समस्या आएको उहाको दिदी हरिकला नेपालीले बताउनु भएको छ ।
हाम्रो सानो सहयोग उहाको उपचारमा ठूलो सहयोग हुने भएकोले सबैलाई आफू सक्दो सहयोग गरि आफ्नो छोराको उपचारमा सहयोग गरिदिनु हुन उहाको आमा जाल्पा नेपालिले आग्रह गर्नु भएको छ ।