एथेष्ट एजेण्डा बोकेर आउनेलाई जिताउने छन :नेत्री झाक्री

– राम कुमार क्षेत्री ,बुटवल ।  
नेकपा एकृकित समाजावादीका केन्द्रीय सचिव  रामकुमारी झाँक्रीले आगामी  निर्वाचनमा जनताले पार्टी मात्रै नहेरि  व्यक्ति र  जनतकासँग जोडिएका एजेण्डालाई हेरर मत दिने  बताइएकी छन्  ।
एथेष्ट एजेण्डा बोकेर आउनेलाई जिताउने छन :नेत्री झाक्री
 रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले विहिवार बुटवलमा गरेको साक्षात्कारमा वोल्दै नेता झाँक्रीले  एमालेले  ल्याएका पानी जहाज,रेल,जस्ता हावादारी गफमा जनता नअल्मलीने  बताउदै स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट्र एजेण्डालाइ ल्याउने लाई जनताले मत दिने बताएकी हुन् ।
मुलकको  हितको लागि दिर्घकालिन  नीति र एजेण्डा स्थापना गर्नुपर्ने  र त्यसको लागि  गठबन्धन आवश्यकता रहको रहेको जोड दिइन् । विकास समृद्धि लागि  विश्वसको  थुपै मुलुकहरुले पनि गठबन्धन  प्रकृया अगाँलेको भन्दै नेता झाँवm्रीले नेपालमा देश र जनताको हित  सफल हुने दावी गरिन् ।
एथेष्ट एजेण्डा बोकेर आउनेलाई जिताउने छन :नेत्री झाक्री
साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य  योगेन्द्र चौधरीले  जनताको दिएको दुई तिहाई मतको कदर गर्न नसेकेर  कर्तव्यच्युत भएको एमालेलाई आगामि निर्वाचनमा जनताले उसको हैसियत देखाइदिने बताए ।उनले देशको विकास, आम नेपालीको जिवन स्तर उकास्नको लागि  ५ दलिय गठबन्धन आवश्यक भएको दावी गरे । आगामि मंसिर ४ गते  जनताले  गठबन्धनलाई जिताएर पुष्टी गर्ने बताए ।
एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेण्डा वनाउन खोजेको उल्लेख गर्दै नेता चौधरीले हिजो ओली सरकारले ल्याएको विधेयकलाई  जस्ताको तस्तै लैजादा अनावश्यक भ्रम सिजर्ना  गरीएको बताए । उनले यो विधेयकलाई राष्ट्र र जनताको हितमा रहेको स्पष्ट पारे ।
एथेष्ट एजेण्डा बोकेर आउनेलाई जिताउने छन :नेत्री झाक्री
नेकपा माओवादीका केन्द्रिय सदस्य विनोद पहाडीले संघियता, संविधानलाई संस्थागत गर्नका लागि ५ दलिय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिष्पर्धी पार्टीसंग चुनावमा भिड्ने वताएका छन् ।
roadblock image
पाँच दलिय गठबन्धन मध्येका पार्टीहरुले आ–आफ्ना नेताहरुको नाम सिफारस गरेको र जसलाई क्षेत्र विभाजन गर्नका लागि वनाईएको कार्यसमितिले विना भेद्भाव निर्वाचन क्षेत्र टुंगाउने विश्वास लिएको वताउँदै, उनले भने मैले रुपन्देही क्षेत्र न–२ बाट प्रत्यक्ष निर्वाचन लड्नका लागि ईच्छा छ, नाम पनि सिफारिसमा परेको छ, यद्यपी कार्यसमितिले मलाई चुनेमा एमालेका नेता विष्णु पौडेललाई रुपन्देही क्षेत्र न–२ बाट हराउन आफु संग थुप्रै एजेण्डा रहेको जिकिर गरे ।
एथेष्ट एजेण्डा बोकेर आउनेलाई जिताउने छन :नेत्री झाक्री
नेकपा एमालेका लुम्विनी प्रदेश सांसद् तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो वन्दै गएको भन्दै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने जनाउँदै, वडा स्तरमा करोड खर्च गरेको मेरै जिल्ला कपिलवस्तुको एउटा वडामा भएको सुने । यसमा हामीले गम्भिरता पूर्वक सोच्नुपर्ने वेला आएको वताए ।
आगामी निर्वाचनमा एमालेको अवस्था नराम्रो नभएको भन्दै, गठबन्धन संग चुनावमा प्रतिष्पर्धात्मक सामना गर्ने दावी गर्दै, पुरानो स्टाटसलाई कायमै राख्ने वताए । सवै राजनितिक पार्टीहरु नयाँ सोचका साथ अगाडि वढ्नुपर्नेमा जोड दिदै पुरानै शैलीमा जाने हो भने, परिवर्तन नआउने सुझाए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तेजेन्द्र केसीले गरेका थिए ।

अन्य समाचारहरु