– अनिल नेपाली ।
दाङ जिल्लाकाे २५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा निर्मला खड्का चयन हुनु भएको छ ।
आज सम्पन्न सम्मेलनकाे संगठनका केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आतिथ्यता भएको थियौ ।कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एबं दाङ जिल्ला इन्चार्ज तिलकको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमले निमंला खड्काकाे सयाेजकत्वमा ३३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्दै अखिल (क्रान्तिकारी) को दाङ जिल्ला सम्मेलन भव्य रुपमा दाङको तुलसीपुरमा सम्पन्न भएको छ।
कार्यक्रम हेमराजको स्वागत मन्तव्य तथा सांस्कृतिक प्रस्तुतिबाट भएको थियो, भने कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि लगायतका अन्य अतिथिहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो।
त्यसैगरि जिल्ला सम्मेलनले निर्मला खड्का को अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ , स्मरण रहोस् कार्यक्रमको अनौपचारिक सञ्चालन संगठनका केन्द्रिय सदस्य तथा नवलपुर/नवलपरासी जिल्ला इन्चार्ज सन्देश ले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन परशुराम क्षेत्री ले गर्नुभएको थियो।