रेडक्रस मायादेवीमा मिश्र

-कृष्ण परीयार । 
बुटवल – नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखको  प्रथम अधिवेशन बाट सभापतीमा बिपिन कुमार मिश्र  निर्बिरोध भएका छन् । 
उप सभापती,  सचिव,कोषाध्यक्ष, सह–सचिव,सह–कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः  माया केवट,  बैजनाथ गुप्ता,  सम्भु तिवारी,  विजय पाण्डे,  शिव शक्ति बनिया,  इमिर्ती केवट, अब्दुल कयुम मुसलमान, शिशिर पौडेल, देवराज लोहार र  खेम बहादुर चौधरी चयन भएका छन् । 
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दल बहादुर थापाले नयाँ निर्वाचित पदाधिकारीलाई  पद तथा गोपिनियताको सपथ गराएका थिए ।
 मायादेवी गा.पा. गाउँपालिकाको अध्यक्ष  धुब्रनारायण  चौधरी, उपाध्यक्ष नर्मदा देवी उपाध्याय , गाउँपालिकाको कार्यालयको वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता  सैलेन्द्र पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

अन्य समाचारहरु