लायन्स क्लव तिलोत्तमा र मायादेवीको विद्यालयमा

-कृष्ण परीयार ,बुटवल ।
लायन्स क्लव अफ तिलोत्तमा र मायादेवीको आयोजनामा लायन्स गाउँ आर्थिक तथा सामाजिक सशक्तीकरण कार्यक्रम अन्तर्गत  बुटवल–१६ मा रहेको नरैनापूर आधारभुत विद्यालय बुटवल– १६, नरैनापूरमा ’शैक्षिक सामाग्री वितरण’ गरिएको छ ।  बुधवार विद्यालयमा एक कार्यक्रम आयोजना गरी  विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । 
लायन्स क्लव तिलोत्तमा र मायादेवीको विद्यालयमा
लायन्स क्लव तिलोत्तमाका अध्यक्ष नविन प्रसाद श्रेष्ठ, तिलोत्तमा मायादेवीका अध्यक्ष लक्ष्मी थैब प्रधानांङ्गका अनुसार कार्यक्रममा लायन्स ईन्टरनेशनल  डिष्ट्रिक ३२५ पीका  पाष्ट भाईस प्रेसिडेण्ट अर्जुनमान शैजु,  बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का
लायन्स क्लव तिलोत्तमा र मायादेवीको विद्यालयमा
 अध्यक्ष कृष्णप्रसाद पौडेल, सेकेण्ठ भाईस  डिष्ट्रीक गर्भनर पुरुशोत्तमभत्त प्रधानांङ्ग, डिष्ट्रिक चिफ एडभाईजर खिम हमाल, डिष्ट्रिक चिफ एडभाईजर लोक  बहादुर कार्की,  कार्यक्रम  संयोजक तथा एड्भाईज  शुलोचना श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।  कार्यक्रम संयोजक बाबुराम आचार्यका अनुसार  कार्यक्रममा झोला, स्टेशनरी तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको हो ।

अन्य समाचारहरु