लायन्स स्टार्स द्धारा दृष्टिबिहीनलाई सहयोग

-कृष्ण परीयार  बुटवल, ८ असोज 
सामिाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा दृष्टिविहिनहरुलाई सहयोग प्रदान गरेको छ । बुटवल को झलुङ्गे पुल स्थित झलुङ्गे पथ रहेका १२ जना दृष्टिबिहिनलाई सहयोग गरेको छ ।
लायन्स स्टार्स द्धारा दृष्टिबिहीनलाई सहयोग
 लायन्स क्लब बुटवल स्टार्सका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पि का सचिव संदिप कसौधनको जन्मोउत्सवको अवसरमा ६० हजार बराबरको सहयोग गरिएको हो । सहयोग सामग्रीमा खाट १० थान ,डसना १० थान, सिरानी १० थान ,सिरक १० थान बिछौना १० थान  ,चामल ,दाल मटर ,चना, चिउरा, चाउचाउ ,सोयाबिन लगाएत बिभिन्न सामग्री हस्तारण गरिएको हो । 
लायन्स स्टार्स द्धारा दृष्टिबिहीनलाई सहयोग
  लायन्स डिष्ट्रिक ३२५ पि का  डिष्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आथित्यतामा सामाग्री प्रदान गरिएको थियो । कार्यक्रमा लायन्स इनटरनेशनल ३२५ पि का कोषाध्यक्ष विनोद खरेल,पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठ, क्लब पूर्व अध्यक्ष तथा एरिया ३ चिफ एम.एल पाण्डे, एरिया ४ चिफ  माधव खनाल,रिता शर्मा क्लब अध्यक्ष विजय कुमार बर्नवालले दृष्टिबिहीनहरु संयुक्त रूपमा लाई प्रदान ग®िएको हो ।
लायन्स स्टार्स द्धारा दृष्टिबिहीनलाई सहयोग
 कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष नवराज न्यौपानेले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल ®हने बताएका थिए ।

अन्य समाचारहरु