आफ्नै देशका नागरिकलाई नागरिकता नदिनु संविधान उल्लंघन :मन्त्री खाँण

Open photo
 
– अर्घाखाँची डटकम संवादाता ,बुटवल।
गृहमन्त्री बालकृष्ण खाँणले आफ्नै देशका नागरिकलाई नागरिकता नदिनु संविधान उल्लंघन गर्नु सरह भएको बताएका छन् । सोमवार बुटवलमा रिपोर्टस क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आफ्नो मुलुकमा आफ्नो नागरिकता नपाएका लाखौं नागरिक भएकाले सरकारले नागरिकता विधेयक ल्याएको बताए । उनले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको टिप्पणी गर्दै त्यस विषयमा सबै गम्भीर हुनुपर्ने बताए ।
 उनले एक जना नागरिक पनि नागरिकता विहीन भएमा त्यसको  जिम्मेवार गृहमन्त्री हैसियतमा आफूले लिनु पर्ने बताउँदै नागरिकतामा विषयमा गम्भीर  बन्नु पर्ने बताए । गृहमन्त्री खाँणले नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भए पनि अहिले नागरिक  विधेयक रोकिदा लाखौँ नागरिक अनागरिक बनेको बताए ।उनले नागरिकता नहुदाँ बैक खाता खोल्न नपाउने ,गाडीको लाइसेन्स नपाउने देखि मोबाइल समेत आफ्नो नाममा निकाल्न नपाउँदाको  पिडा धेरै नागरिकले पाएको बताए ।
आफ्नै देशका नागरिकलाई नागरिकता नदिनु संविधान उल्लंघन :मन्त्री खाँण
खाँणले २०७८ साल जेठ ९ गते केपि शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरूले जस्ताको तस्तै अगाडि सारेको समेत स्पष्ट पारे ।
उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाएपछि  विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैर संवैधानिक काम भएको उनको ठम्याई थियो ।
रिपोर्टस क्लब नेपालका  सभापति ऋषि धमलाले  २५ वर्षमा क्लब सवैका साझा बन्न सकेको दाबी गर्दे  पत्रकारिता दलगत भन्दा राष्ट्रियता र राष्ट्रलाई केन्द्रमा राखेर  गर्नुपर्ने बताए । उनले नागरिकता नपाएको ठुलो समस्या रहेकाले समाधान गर्न  ध्यान दिनु पर्ने बताए ।
नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले देश विकास गर्नको सुशासन कायम गर्नुपर्ने बताए । उनले त्यसको लागि सबै जिम्मेवार बन्नु पर्ने बताए ।
आफ्नै देशका नागरिकलाई नागरिकता नदिनु संविधान उल्लंघन :मन्त्री खाँण
कार्यक्रममा लुम्बिनी प्रदेशका  आन्तरिक मामिला ,सञ्चार तथा कानुन मन्त्री तिलकराम शर्माले पत्रकारहरूको  पक्षमा प्रदेश सरकार रहेको बताए । कार्यक्रममा राससका पूर्व अध्यक्ष डा .बालकृष्ण चापागाईँ,  प्रदेशका आन्तरिक मामिला ,सञ्चार तथा कानुन  सचिव कोमल धमला लगायत बोल्दै सञ्चार माध्यमले सुशासनको विषयमा ध्यान दिनु पर्ने बताए ।
 क्लबले पाँचौँ स्थापना दिवसको अवसरमा नागरिक दैनिक लुम्बिनी प्रदेशका संयोजक पत्रकार रेखा भुसाल  र नेपाल प्रेस अनलाइनका प्रदेश संयोजक रामप्रसाद आचार्यलाई नगद सहित पुरस्कृत गरिएको थियो । यसै गरी क्लवले प्रदेशको उत्कृष्ट कर्मचारीको रुपमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका निमित्त प्रमुख मुक्तिराम पाण्डेलाई सम्मान गरेको थियो ।
त्यस्तै क्लबले  प्राइम टी भी का पत्रकार विजय रेग्मी,पत्रकार महासघ रुपन्देहीका  सचिव विनोद परियारलाई सम्मान गरिएको थियो । क्लवले  प्रत्येक वर्ष दुई जना पत्रकारलाई पुरस्कृत  गर्ने गरेको छ । कार्यक्रम  रिर्पोर्टर्स क्लबका लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र पत्रकार सन्जु पौडेलेको  सञ्चालनमा भएको थियो

अन्य समाचारहरु