-सुर्य प्रसाद भुसाल ।
गुल्मीदरबार गाउँपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम एक भब्य समारोह बीच सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं चिनका लागि पूर्व नेपाली राजदुत लिलामणी पौडेल, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीका पूर्व क्याम्पस प्रमुख एवं शिक्षा विद् दीन पन्थी, पढ्दै कमाउदैका अभियान्ता जनज्योती मा.वि. सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले कार्यक्रममा प्रशिक्षण दिनु भयो भएको थियोे ।
कार्यक्रममा स्थानीय सरकार सन्चालन, प्रभावकारी सेवा प्रवाह, शिक्षालाई आधुनिकीकरण, विद्यालय व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको सहभागी ले बताएका छन ।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू सहभागी थिए भने कार्यक्रम गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाको अध्यक्षता, नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलको प्रमुख आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको स्वागत मन्तब्य टंकप्रसाद पन्थी को सन्चालनमा सम्पन्न भएको हो ।