नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको स्थापना दिवस ,पुर्व अध्यक्ष लाई सम्मान


-कृष्ण परीयार। 
बुटवल, असोज ।

नेपाली युवा उद्यमी मन्च रुपन्देहीको ८औ स्थापना दिवसमा विविध कार्यक्रम गरिएको छ । निरज प्रसाद लाकौलको अध्ययक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख अमिक कुमार शेरचनको प्रमुख आतिथ्यता रहेको थियो ।


कायर्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले युवाहरुमा पछिल्लो समयमा उद्यमीको लहर चलेको भन्दै जसले आर्थिक समृद्धिमा विशेष भुमिका खेल्ने बताए । उनले युवाहरुमा जोस, जागर, नयाँ सोँच र प्रविधिको ज्ञान हुने हुँदा आर्थिक समृद्धिको मुख्य पाटोनै उद्यमशिलता भएको बताए
का थिए ।


नेपाली युवा उद्यमी मन्च केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, उज्वल कसजु (अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ, सुरेन्द्र प्रसाद श्रेष्ठ (संस्थापक सल्लाहकार ) लगायतले स्थापना दिवसका बधाई तथा शुभकामना दिएका थिए ।

साथै सोही कार्यक्रममा आनन्द वझा (संस्थापक अध्यक्ष ), पुर्व अध्यक्षहरु सुमोद मान सैज, अखिलेश गुप्ता , सन्दिप कसौधन, उमेश अमात्य लाई सम्म्मान समेत गरिएको थियो ।

अन्य समाचारहरु