सात समुन्द्र पारी बाट दशै नियाल्दा ” परदेश काे दशै “

– बिनाेद श्रेष्ठ 
हाल साउदि अरब
हिन्दु नेपालीहरुकाे महान पर्व वडा दशै जति नजिकिदै जान्छ, तब सबै नेपालीहरुमा उत्साह उमंग र खुसिकाे पालुवा लाग्न थाल्दछ । 
 केटाकेटिहरु नयाँ कपडा र पैसा किन्न उत्सुक रहन्छन् ,परदेशीहरु सके सम्म जन्म घर तिर जाने मेसाे बनाउन थालदछन्  तर बिडम्बना  म जस्ता लाखाै युवाकाे निधार यस पटक पनि खाली रहनेछ , दशै काे टीका नलगाएकाे मेराे करिब ८ बर्ष भएछ, कैयाै काे १० बर्ष पनि पुगी सक्यो होला  , नेपालमा बस्नेहरुलाई लाई दशै केबल  १/२ दिन त हाे  रमाइलाे भन्नू लाग्न सक्छ ,तर यथार्थ र भाेगाई निकै फरक हुन्छ , निद्रा बेचेर केहि सपना किन्नकै लागि लाखाै युवा परदेशिएका हुन । 
परिवारकाे खुसि र केही साना सपनाहरु पूरा गर्ने यात्रामा परदेश बाध्यता बनेकाे हाे ।  जब सामाजिक संजालमा  दशै का हरेक क्षणहरु हजुरहरु पाेष्ट गर्दै गर्नुहुन्छ, त्यहि क्षण हरेक परदेशिले आफ्नाे पन महसुस गर्छ , चाहे त्याे राताे माटाेले घर लिप्दै गरेकाे तस्बिर हाेस त चाहे “चरिररि लरिरै चरिररिरिरै” बर्ष र दिनकाे रमाइलाे ….. भन्ने गित सुन्दा हाेस दशै भित्रिदै  गर्दा सामाजिक संजालमा छरपस्ट ती तस्बिरहरूले कहि न कतै परदेशि लाई छाेएकाे हुन्छ। 
 हरेक प्रदेशिले त्याे पल त्याे क्षण त्याे समयकाे अभाब महसुस गरेकाे हुन्छ।  प्राय मान्छेहरु एकान्तमा धेरै पटक राेएका हुन्छन  । त्यसैले परदेश कसैकाे रहर हाेइन बाध्यता ! जाे अहिले घरमा स- परिवार दशै मनाउदै हुनुहुन्छ।  हजुर भाग्यमानी नै हाे ,हजुरहरु कहिले दशैलाई यादमा मनाउन नपराेस  , देख्नलाई जति सहज लाग्छ, उति नै गार्हाे हुन्छ, परदेशिकाे जीवन परदेश!! घरमा   हजुहरु काे  खुसि नै प्रदेशिकाे दशै हाे।  हजुरकाे खुुसि र मुस्कानले मात्र हरेक प्रदेशिकाे मन भुलाउन सक्छ।  त्यसैले हजुरहरु जे छ त्यसैमा रमाउदै खुुसि र उमंग काे साथ दशै मनाउनुहाेला । 
अन्त्यमा सबैमा दशैकाे शुभकामना साथै परदेशमा अहिले दशै मनाउन नपाउने, म जस्तै सबै नेपालीहरु अर्काे बर्ष नेपाल मै दशै भब्यताका साथ मनाउन पाईयाेस, भन्दै सबैलाई शुभकामना दिन चाहान्छु  । शुभ दसैं।