डिआरजी सुमन
भूवन पोखरी , सोमवार १७ । असोज २०७९ । मानवीयता ,निष्पक्षता र पत्रकारिता मार्फ़त सामाजिक कार्य मा क्रियाशीलता जनाउदैआएको डिआरजी सुमन फ़ैन्स कल्व नेपालका कोषाध्यक्ष नेत्र नेपाली,सदस्य श्यामलाल पौडेल सहित स्वतन्त्र पत्रकार डिआरजी सुमनस्टार नेपाल टिकटक टीम को राहत रकम तथा शैक्षिक सामग्री लिएर अष्टमीको विहानै रैनादेवी छहरा गाँउ पालिका ३ भूवन पोखरीडाडागाँउ पुगेको टोलीले पीड़ित को घरमै पुगेर एक कार्यक्रम विच राहत हस्तान्तरण गरेको छ ।
डिआरजी सुमन फ़ैन्स कल्व नेपालका कोषाध्यक्ष नेत्र नेपालीले समन्वय गरेको कार्यक्रममा वडा अध्यक्ष प्रदीप पौडैलले गरेको सिफ़ारिशवमोजिम “प्रस्तुत विषयमा पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ साविक भुवनपोखरी गाउँ विकास समिति वडा नं. ५डाँडागाउँ निवासी उमा कुमारी वि.क.को श्रीमान अर्जुन वि.क.को मिति २०७९/०३/ २२ गते रोजगारीको शिलशिलामा भारमा मृत्यु भएको। निज दम्पतीका ३ छोरा छोरीहरु साना रहेको साथै निजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले बच्चाहरुलाई शिक्षादिक्षा तथा पालनपोषण गर्न कठिनाई रहेको हुँदा विभिन्न संघ संस्थाहरुले विपन्न एवं असाय परिवारको लागि प्रदान गर्ने राहत उपलब्धगराइदिनुहुन सिफारिस साथ अनुरोध छ” विवरण को आधारमा लामों समय देखी सामाजिक संजाल मार्फ़त समाजमा सहयोग उपलब्धगराउदै आएको “स्टार नेपाल टिकटक टीम”ले यस पटक पाल्पा पनि सहयोग उपलब्ध गराएको थियो ।
रैनादेवी छहरा गाँउ पालिका अध्यक्ष प्रदिप पौडेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडा सदस्य धन वहादुर रायामाझि ,भिमकलाखाम्चा,वाल विनोद आधारभूत विद्यालय का प्रधानाध्यापक कुल वहादुर घर्ति क आथित्यता रहेको थियो । डिआरजी सुमन फ़ैन्स कल्वनेपालका कोषाध्यक्ष नेत्र नेपाली,श्यामलाल पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार डिआरजी सुमनलेगर्नु भएक थियो ।
भूवन पोखरी स्थित वास्तविक पीड़ितको घरमै पुगेर सम्पन्न भएको कार्यक्रममा नगद रु १० हज़ार,६ दर्जन कापि,डटपेन,पेन्सिल र ३ सेटस्कुल पोशाक पीड़ितलाई हस्तांतरण गर्दै स्वतन्त्र पत्रकार डिआरजी सुमनले स्टार नेपाल टिकटक टिम का संयोजन हरी पाण्डे र सम्पुर्णटिमलाई आभार एवं धन्यवाद ज्ञापन गर्नु भएको छ । यसरी सामाजिक कार्यमा क्रियाशीलता जनाएको प्रति वडा अध्यक्ष प्रदिप पौडेललेस्टार नेपाल टिकटक टिम र डिआरजी सुमन फ़ैन्स कल्व प्रति खुसी व्याक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको वताउनुभएको छ । – तस्वीर डिआरजी सुमन/भूवन पोखरी,पाल्पा ।