प्रदेश नं १ उत्कृष्ट प्रहरी निरीक्षक सञ्जय बुचा पुरस्कृत

– कृष्ण परीयार,बुटवल । 
नेपाल प्रहरी प्रदेश कार्यालय, धरान मा कार्यरत प्रहरी निरीक्षक पुरस्कृत भएका छन । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजना कार्यक्रमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी निरिक्षक सञ्जय बुचा प्रदेश नं १ बाट उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक सम्मानित गरेको छ ।  
प्रहरी निरीक्षक बुचा  प्रदेश कार्यालय शान्ति शुरक्षा र अमनचयन कायम गर्ने सफल भएको र अपराधिक घटनाहरुको सफल अनुसन्धान, सामुदायीक साझेदारी, स्थानीय तहको निर्वाचनमा गरेको महत्वपूर्ण योगदानलाई आधारमानेर पुरस्कृत गरेको हो  ।
 कार्यक्रमा प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डि आई जि )सुदिप गिरी , प्रहरी बरिष्ठ उपरिक्षक( एस एस पि ) जयराज सापकोटाले प्रदान गरेका थिए ।  प्रदेशकै उत्कृष्ठ प्रहरी घोषित भएका बुचा बुटवलका स्थायी वासिन्दा समेत हुन ।

अन्य समाचारहरु