सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

nettv-worldcup2022.jpg

इटहरी — सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन आयोगले आधिकारिक रूपमा विजयी घोषणा गर्न भने बाँकी रहेको छ ।

सञ्चारमन्त्री कार्की कुसियैतभन्दा ११२ मत बढी ल्याउँदै विजयी भएका हुन् । उनले ३० हजार ४ सय ८३ मत ल्याए । एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।