राप्तीमा डुबेर बाँके फत्तेपुरका दुई युवतीको मृत्यु

nettv-worldcup2022.jpg

-अर्घाखाची डट्कम ,सम्बाददाता

राप्ती नदीमा डुबेर बाँकेमा दुई जनाको मृत्यु भएको छ । बयर टिप्न राप्तीको टापुमा पुगेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको हो ।

बयर टिप्न भनि शनिबार घरबाट निस्केका उनीहरु राप्तीमा डुबेर बेपत्ता भएका थिए । दुबै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए ।

अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक यमबहादुर बस्नेतले बेपत्ता भएका दुबै जनाको शव भेटिएको जानकारी दिए । शव पोष्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।

प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए ।

अन्य समाचारहरु