मालारानी मन्दिरमा प्रवेशद्वार निर्माण

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिकाका घेरमा रहेको मालारानी मन्दिरमा प्रवेशद्वार निर्माण गरिएको छ । मालारानी ६ का मन्दिर निर्माणका संस्थापक स्वर्गिय जितमान राना मगर र चन्द्रलाल राना काउछा मगरका २० जना नातीहरुले निजि लगानीमा प्रवेशद्धार निर्माण गरेका छन् । करिब १० लाखको निजि लगानीमा राना परिवारले निर्माण गरेका हुन । आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।


कार्यक्रममा मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश भुसाल ,गाउँपालिकाका प्रबक्ता तिलक मिश्रले स्वर्गिय चन्द्रलाल राना कि श्रीमती पुबिकला राना, नापी कार्यालय कलङी काठमाडौका प्रमुख खिम बहादुर राना,मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष लोक बहादुर बस्नेत लगायतको सहभागीता रहेको कार्यक्रम घेर मालारानी संरक्षण समितीका अध्यक्ष रेमलाल रानाको अध्यक्षता , स्थानिय राजु रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।


छोटो परिचय मालारानी मन्दिर

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको घेरको लेकमा रहेको मालारानी मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करिव १५ किलोमिटरको दूरीमा रहेको छ । समुद्री सतहबाट २०८५ मिटर उचाईमा रहेको मन्दिरको स्थापना विस १८६२ भएको उल्लेख गरिएको छ ।वरपरको मनमोहक दृश्यसँगै अग्ला अग्ला हिम शृङ्गखला तथा सोही ठाउँमा रहेको घोसेका थान मन्दिरबाट तराईको समथर भुभाग देख्दा मनमा आनन्दको महसुस हुन्छ ।

धार्मिक रुपमा पावन रहेको यस स्थानमा विविध प्राकृतिक वातावरणमा रमाउनुको साथै हनुमान, गणेश, बाघको मुर्ती रहेको ठाउँमा मन्दिरभन्दा ५० मिटर तल रहेको निकै महत्व पुर्ण विशेषता गुँरासको बोटबाट बिगतदेखी निरन्तर बग्दै आएकोे उक्त पानीलाइ हातको अन्जुलीमा लिइएर मन्दिरमा चढाइयो भनी मनोकान्छा पुरा हुने विश्वास रहदै आएको छ ।

अन्य समाचारहरु