राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौंः  मुख्य मन्त्री केसी

 

 

अर्घाखाची डट्कम सम्बाददाता ।

दाङ  – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् ।
उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताएका छन् ।

 

No description available.

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कर कार्यक्रममा मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनको काम आफ्नै कार्यकालमा पूरा गर्न सकेको बताएका छन् ।

उनले प्रदेश सभाको भवन निर्माणको काम सकिएको र आगामी प्रदेश सभाको बैठक स्थायी राजधानीमै गरिने र मन्त्रालयका अन्य काम केही समयमा दाङ सारिसक्ने दावी गरेका छन् ।

नेपालमा रहेका सबै प्रदेश राजधानीमा सबैभन्दा नमुना लुम्बिनीलाई उत्कृष्ट बनाउने बताउँदै मुख्यमन्त्री केसीले राप्ती टेक्निकल शिक्षालयको कम्पाउण्डभित्र सबै मन्त्रालय, संसद भवन लगायतका संरचना तयारीको अन्तिम चरणमा रहेको केसीले बताएका छन् ।

तयारीबिना बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय सारेको भन्दै केही राजनीतिक दलले अनावश्यक विरोध गरेको बताउँदै मुख्यमन्त्री केसीले सबैलाई एकपटक राजधानी क्षेत्रको अवलोकन गर्न आग्रह गरेका छन् ।

No description available.

प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेको विषयलाई हामीले कार्यान्वयन मात्रै गरेका हौं, कार्यान्वयन मात्रै हामीले गरेको हो, अब यसलाई सबै मिलेर नमुना बनाउने हो, सानो विषयमा विरोध गरेर अर्थ हुँदैन– केसीले भने ।

roadblock image

मंसिर २८ गते राजधानीका संरचनाहरु ल्याइएकोमा झण्डोत्तलन गरेर औपचारिक सुरुवात गरिने मुख्यमन्त्री केसीले बताए ।

स्थायी राजधानीमा स्थानीयको ठूलो उत्साह पाएका छौं, यहाँका सबै पालिका, संघसंस्था र स्थानीयले राजधानीको व्यवस्थापनको लागि ठूलो सहयोग गर्नुभएको छ, – केसीले भने ।

रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्मा, आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले मन्त्रालय व्यवस्थापनका विषयमा सरकारको तयारीका बारेमा जानकारी दिएका थिए ।

अन्य समाचारहरु