
-कृष्ण परीयार, बुटवल।
युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजानमा तिलोत्तममा ‘युवा उद्यमी सम्मेलन’ आयोजना गरेको छ । देशका विभिन्न चर्चित युवा उद्यमीहरुको सहभागीतमा रुपन्देहीमा यो सम्मेलन गरिएको हो । युवा उद्यमी मञ्च रुपन्देहीले यो सम्मेलन दोस्रो पटक आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्यमी सफल बन्नको लागि जनतासंग जोडीएको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।उनले युवा उद्यमीहरुको खाँचो दिन प्रतिदिन बढ्दैगएको भन्दै सोही अनुसारको जनतासंग सम्बन्धीत उद्यममा युवाहरुको लगानी हुनुपर्ने बताएका थिए । यसको लागि सरकारले अपनत्व लिँदै सहयोगीको रुपमा भुमिका खेल्नुपर्ने बताएका हुन ।

आईएई ग्रुप, चन्द्रगिरी हिल्स, लुम्बिनी केवलकार सहित विभिन्न क्षेत्रमा नेतृत्व गरेका ढकालले आफुले ५ सय रुपैयाँको बैंक तलबाट सुरुवात गरी अहिले देशकै अग्रणी बाणिज्य बैंकको अध्यक्ष सम्म पुग्न सफल हुँनुमा जनतासंगको सामिप्यता, निरन्तरको लगाव नै रहेको बताएका थिए ।

आईएमी मनि ट्रान्सर्फर अहिले नेपालको नम्बर १ मनी ट्रान्सर्फर भएको भन्दै उनले जनतासंग सम्बन्धीत काममा लगानी गरेमा यसले सफलता पाउने बताएका थिए । फरक प्रसंगमा उनले अबको ३ महिनामा बुटवलमा केवलकार चल्ने बताएका छन् ।
बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार २ महिनामा भित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन ।
२ महिनामा भौतिक संरचना निर्माण पश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाई रहेको छ ।न ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाँप बढ्ने बताएका हुन । उनले बसन्तपुर डाँडामा स्तरियहोटल सहित कामेश्वर महादेव भगवानको मन्दीर समेत निर्माण गरिने बताए ।अवको १० बर्ष भित्रमा काठमाण्डौको चन्द्रगीरी केवलकार जस्ता ७ वटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै युवा उद्यमी ज्वोति ग्रुपका निर्देशक सौरव ज्वोतिले युवा उद्यमीको विकास विना आर्थिक समृद्धि संभव नभएको बताएका थिए । युवा शक्तिहरुको समुह नै अहिलेको देशको मेरुदण्ड रहेको भन्दै उनले यसको लागि स सानो छरिएको पुँजीलाई एकिकृत गरी लगानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछाने, जिल्ला अध्यक्ष निरज लाकौल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा खल्ती मोवाईल एपका सिईयो बिनय खड्का, सुरक्षा अधिकारी को फाउन्डर तथा सिईयो, प्रमेशसिंह क्षेत्री, कमल जंग कुँवर, निस्चल शर्मा, शोनली गुरुङ्ग लगायतले उत्प्रेरणमुलक प्रस्तुती दिएका थिए ।

यस्तै शुनिता न्ह्ुम्पोकी, नविन विष्ट, गोविन्द केसी , राजु शर्मा लगायतले प्यानल डिस्कसन गरेका थिए भने मेघा अग्रवाल, मनिल अग्रवाल, लक्ष्मण शर्मा, अदिती अर्याल र पवित्र गौतमलले आ आफ्नो भनाई राखेका थिए ।



