
-अर्घाखाची डट्कम।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अधिवेशन माघको ५ र ६ गते दाङ्गको भालुवाङमा हुने भएको छ । यो अधिवेशनबाट लुम्बिनी प्रदेशको लागि नया नेतृत्व चुनिने प्रसंगमा अर्घाखाँची बाट पत्रकारिता गरिरहेका सुर्य प्रसाद भुसालले प्रेस युनियनको लुम्बिनी प्रदेश सभापति पदको लागि उम्मेद्वारी दिने घाेषणा गरेका छन् ।

भुसाले सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै सबै प्रदेश पार्षदहरुलाइ साथ र सहयोग दिन पनि अनुरोध गरेका छन ।

भुसाल प्रेस युनियन अर्घाखाँचीमा २ कार्यकाल जिल्ला सभापति र पत्रकार महासंघका सचिव भइसकेका छन् । हाल उनि नेपाली कांग्रेस अर्घाखाँचीका पार्टी प्रवक्ता समेत हुन् ।

प्रेस युनियनको प्रदेश अधिवेशनकाे चर्चा चलिरहेका बेला भुसाल संभावित र बलियो उमेदवार देखिएका छन् ।




