सीके राउत पनि बालकोटतिर, बैठकस्थलबाटै फोन गरेर बोलाइयो

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

काठमाडौं । नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट वार्तामा मिसिने भएका छन् ।

एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बोलाइएको हो । राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।