जन्मदिनको अवसरमा आश्रममा सहयोग

 

 

1903-x-650_1.jpg

 

-कृष्ण परीयार ,बुटवल।

जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटौती गर्दै बुटवलका लायन्सकर्मी तथा व्यवसायी आशिषकृष्ण श्रेष्ठले आश्रममा सहयोग गरेका छन् ।

No description available.

लायन्स क्लब अफ बुटवल स्टार्सका पुर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाईजर एमजेएफ आशिष कृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा तिलोत्तमा–९ मा रुपन्देहीमा रहेको सृजनसिल नेपाल अनाथ आश्रममा सहयोग गरेका हुन ।

No description available.

लायन्स डिस्ट्रीक ३२५ पिकाका गभर्नर नवराज न्यौपाने सहितको सहभागीतमा खाद्यान्न सहित जिन्सी सहयोग गरेका हुन ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रीक सचिव एमजे एफ सन्दीप कशौधन, क्लबका अध्यक्ष एमजे एफ बिजयकुमार बर्णवाल सहित क्लवका सदस्यहरुको सहभागीता रहेको थियो । लायन्स क्लव अफ बुटवल स्टार्सले क्लवको स्थापना दिवस सहित विभिन्न समयमा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।

अन्य समाचारहरु