नेपालगञ्जमा दिनदहाडै खुकुरी हान्रे ४ जना पक्राउ

 

 

-अर्घाखाची डट्कम सम्बाददाता ।

नेपालगञ्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण सोमबार गणेशपुरमा खुकुरी प्रहारको घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्जको गणेशपुरमा आईतबार दिउसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकरी प्रहार गरिएको थियो ।

ति मध्ये अनुरागको अवस्था गम्भिर छ । घाइतेको लखनउमा उपचार भईरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौं स्थित स्टारलाईट होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो ।

अन्य समाचारहरु