बुटवल : बेलबासमा एकजनाको हत्या

 

– बिकास पराजुली

बुटवल । बुटवल बेलबासमा एकजनाको हत्या गरिएको छ ।

स्थानिय केहि युवाहरुको समुहले आक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । आक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल, दिपेश नेपाल घाईते भएको प्रहरीले बताएको छ ।

घरायासी बिबादले अग्ररुप लिदा स्थानिय प्रदिप पाण्डेको नेतृत्वमा आएको ५/७ जनाको टोलीले यमप्रसाद माथि आक्रमण गरेको बताईएको छ । आक्रमण बाट बेहोस भएका उनलाई नजिकैको एडमण्ड सिटी हस्पिटलमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अहिले प्रहरी घटनास्थलमा छ । आक्रमणकारीको खोजि भईरहेको ईलाका परहरी कार्यालयका प्रमुख दान बहादुर थापाले बताए ।

अन्य समाचारहरु