गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न , रेसुंगा विमानस्थलमा तारा एयरले नियमित उडान गर्ने

 

 

– अर्घाखाँची डट्कम।

गुल्मी –  गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।

रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको हो ।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायु यान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि २०७५ ज्येष्ठ २५ गते तारा एअरले नै परीक्षण उडान गरेको थियो ।

May be an image of 9 people and people standing

उक्त वायु यानलाई तारा एअरका वरिष्ठ चालक द्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडान भर्नुभएको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

फाइल

उहाँका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू सवार हुनुहुन्थ्यो । उडानबाट आएका सबै मानुभावहरुलाई माला लगाएर स्वागत गरिएको थियो ।

blog

प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार परीक्षण उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया सुरु गरिनेछ ।

Tara Air's successful flight at Gulmi Resunga Airport | Nepalnews

नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ । विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।

अन्य समाचारहरु