माओवादीमा मन्त्री : सञ्‍चारमा शर्मा, पर्यटनमा किराती

 

 

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम फाइनल गरेको छ । माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो ।

भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन माओवादीले पाएको छ । जसमा नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसकेका छन् ।

त्यस्तै माओवादीले सञ्चारमन्त्री रेखा शर्मा बनाउने भएको छ । सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ । त्यस्तै अमनलाल मोदीलाई सङ्घीय मामिला तथा सामान्य  प्रशासनमन्त्री बनाउने भएको एक नेताले जानकारी दिए ।

राज्यमन्त्रीमा भने कसलाई पठाउने भन्‍ने टुंगो लगाउन बाँकी छ ।