गृहमन्त्री लामिछाने र  मेयर बालेनबीच भेट, सुकुम्बासी व्यवस्थापनबारे छलफल

 

 

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ । प्रमुख शाह गृहमन्त्री लामिछानेसँग सुकम्बासी बस्ती व्यवस्थापनका लागि भेट गर्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए ।

गृहमन्त्री लामिछाने र प्रमुख शाहबीचको भेटवार्ता काठमाडौंको सुकुमबासी समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको जनाइएको छ ।

यसअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई थापाथलीको सुकुमबासी हटाउन सहयोग मागेको थियो । तर, गृह मन्त्रालयले विकल्पविना सहयोग गर्न नसक्ने जवाफ फर्काएपछि प्रमुख शाह गृहमन्त्री भेट्न पुगेका हुन् ।

तस्विर: कुशल राई