ग्रामीण भेगमा उपभोग्य बस्तुको लेभल हेर्ने बानी कम छ ।

 

 

-गोपालप्रसाद भट्टराई ,अर्घाखाँची।

अर्घाखाँची ।अर्घाखाँचीको ग्रामीण भेगमा उपभोग्य बस्तुको लेभल हेर्ने बानीको विकास नभएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले आज भुमिकास्थान-८,नुवाकोटमा गरेको बजार अनुगमनको क्रममा यस्तो पाइएको हो ।

Food companies can't lie now! FSSAI to prohibit terms like pure, natural,  authentic on packaged foods - BusinessToday

अनुगमनको क्रममा उपभोक्ताले मात्रै नभएर व्यबसायिले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने उत्पादन मिति,एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभल हेरेर खरिद बिक्रि नगरेको पाइएको अनुगमन टोलिका संयोजक मेघनाथ पाद्य्याले बताउनुभएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका संयोजक पाद्य्याको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची प्रमुख सन्तोष खनाल,भुमिकास्थान उद्योग तथा सहकारी शाखा प्रमुख शंकर अधिकारी, खिल्जी प्रहरी चौकीका प्रहरी हवल्दार अमर श्रेष्ठ सहित खटिएको टोलीले नुवाकोटको हटिया र च्युरामाटीमा रहेका सबैखाले पसलको अनुगमन गरेको छ ।

Processed food penetrates rural Nepal to threaten local one

अनुगमन गर्दा अधिकाम्स पसलहरुमा मुल्यसुची नभएको,केही मसलाजन्य,कोल्गेट,साबुन,मिठाइ,शृङ्गार र जंकफुड सामानको म्याद गुज्रिएको,पसल दर्ता नभएको,दर्ता अनुसारको सेवा प्रवाह नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभएको छ ।

Daily Groceries Package (Large) - Send Gifts and Money to Nepal Online from  www.muncha.com

 

उहाँका अनुसार टोलीले म्याद गुज्रिएका सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाइ १५ दिनभित्रमा नगरपालिकामा गएर पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको भुमिकास्थान उद्योग तथा सहकारी शाखा प्रमुख शंकर अधिकारीको भनाई छ ।