उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोदी

 

 

 

-सागर मरासिनी,कपिलवस्तु

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् ।

उपाध्यक्ष मौलाना मशहूद खां लगायत नेकपा माओबादी केन्द्र का बैकल्पिक केन्द्रीय सदस्य जीत बहादुर चौधरी, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल चुदाली, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्वासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान, अलताब खान , राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, लगायतले कपिलवस्तुको विकासका लागि मंत्री मोदी को ध्यानाकर्षण गराएका थिए ।

No description available.

मोदी कपिलवस्तु जिल्ला भ्रमणका क्रममा हुदाँ उहाँ लाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मुस्लिम समुदायका विद्यार्थी हरु साउदी अरबको विश्वविद्यालय मा पढ्न निकै कठिनाईको सामना गर्दै आएकाले मदरसाका विद्यार्थी लाई सजिलो रूपमा Noc प्रदान गरि सउदी अरब लगायत अन्य देशमा सहजै उच्च शिक्षा हासिल गर्ने वातावरण मिलाउनु पर्ने मदरसामा पढाउने शिक्षक (मौलाना) लाई सरकारी विद्यालय सरह सेवा सुविधा दिनु पर्ने , धार्मिक रूपमा संचालित मदरसा, गुम्बा, गुरूकुल लगायतका विद्यालयमा दिदै आएको बार्षिक अनुदान बृद्धि गर्नुपर्ने जस्ता विषयमा मंत्री मोदीको ध्यानाकर्षण गराउनका साथै

असहाय, जनजाति, दलित, मधेसी, महिला, मुस्लिम, पछडिएको वर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपउन्मुख लगायत अन्यको हक अधिकारका लागि माओबादी केन्द्र ले खेलेको भूमिका अविस्मरणीय रहने उपाध्यक्ष मौलाना मशहूद ले बताए l सोही क्रममा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला हालसालै सचिव भएकोमा हजरत अलि खानलाई समेत उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले दोसल्ला ओढाई सम्मान गरेका थिए।

अन्य समाचारहरु