लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

दाङ  । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । लुबिनी प्रदेश प्रमुख अमिक शेरचनले आइतबार नवनियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् ।

लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले शनिबार मन्त्रिपरिषद बिस्तार गरेका थिए । नवगठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

शनिबार नियुक्त भएका आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

आइतबार दिउँसो १ बजे तयारी गरिएको नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम हावाहुरीका कारण केही समय अवरुद्ध भएको थियो।

 

अन्य समाचारहरु