-अनिल नेपाली , अर्घाखाची ।
देउखुरी । आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारमा सामेल सात जना मन्त्रीलाई पद तथा गाेपनियताकाे सपथ गराए ।
संविधानमै समानुपातिक राज्य व्यवस्थाकाे बारेमा स्पष्ट लेखिदा पनि दस सदस्यीय लुम्बिनी सरकारकाे मन्त्रीमण्डमा दलित समुदायकाे सहभागिता शून्य भएकाे छ । लुम्बिनी प्रदेश सभामा पाँच जना दलित समुदायका सांसद छन तर मुख्यमन्त्री गिरीकाे मन्त्री मण्डलमा एक जना पनि अट्न सकेनन ।
मन्त्री मण्डलमा एकजना मात्रै महिला मन्त्री रहे पनि उनले पनि मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउँदै राजिनामा दिएकी छन । एद्दपि उनकाे राजिनामा गाेप्य राखिएकाे छ । उनकाे राजिनामा स्वीकृत भए लुम्बिनी प्रदेश सरकारमा महिलाकाे समेत प्रतिनिधित्व नहुने निश्चितप्राय छ । लिला गिरी नेतृत्वकाे प्रदेश सरकारमा यस अघि नै मुख्यमन्त्री संगै दुई मन्त्रीले सपथ लिएका थिए ।
नेकपा एमालेकाे नेतृत्वमा रहेकाे प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेले पाँच, माओवादी केन्द्रले तीन र साना दलले एक-एक मन्त्रालय पाएका छन ।



