


काठमाडौँ– नेपाल वायु सेवा निगमले यात्रुको सुविधाका लागि अन्तर्राष्ट्रिय टिकट विक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुला गर्ने भएको छ ।


भोलि फागुन ५ गतेदेखि बिहान ९ बजेदेखि ७ बेलुकासम्म टिकट बिक्री कक्ष खुल्ला राखिने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।सार्वजनिक विदाको दिन पनि टिकट बिक्री कक्ष खुल्ने भएको छ । उनले भनिन्,’ सार्वजनिक विदाको दिन पनि खुल्छ ।


शुक्रबार, शनिबार र सार्वजनिक विदाको दिन बिहान १० देखि ५ बजेसम्म टिकट बिक्री कक्ष खुल्ने भएको छ ।‘






