
-अर्घाखाची डट्कम।
काठमाडौं । पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने सरकारले निर्णय गरेको छ । गत फागुनमा बसेको मन्त्रिपरिषदको बैंठकले सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको हो । शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय गरिएका जानकारी गराइन ।

क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताइन् ।

त्यस्तै, प्रचलित कानुन अनुसार नष्टगरिएका बर्डफ्ल लागेका कुखुराको क्षतिपूर्ति दिने निर्णय गरेको छ । संवैधानिक परिषदको संशोधित विधेयक फिर्ता लिने निर्णय गरेको उनले बताइन ।



