नेपाल विद्यालय कर्मचारी परिषद्को, लुम्बिनी प्रदेश परिषद्  सम्पन्न ।

-अर्घाखाची डट्कम सम्बाददाता ।

नेपाल विद्यालय कर्मचारीको  लुम्बिनी प्रदेश परिषद्  सम्पन्न भएको छ।  नेपाल विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेशको तेस्रो प्रदेश परिषद् मिति २०७९/ ११/ ०६ मा सिद्देश्वर लाल कुमारी मा वि बुटवलमा सम्पन भएको हो ।

कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द घर्तीको अध्यक्षता , प्रदेश उपाध्यक्ष शालिकराम पन्थिको स्वागत मन्तव्य, रहेको कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष तथा विशिष्ट अतिथि राम प्रकाश कुमई , लुम्बिनी प्रदेश पुर्व अध्यक्ष गंगा नेपाल , गुल्मि जिल्ला अध्यक्ष श्यामलाल कुवर लगायतका केन्द्रीय , प्रदेश र जिल्ला प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो।

No description available.

वक्ताहरूले विद्यालय कर्मचारीको हकहितको निम्ति जस्तोसुकै मूल्य चुकाउन परेपनि परिषद तयार रहेको र फाल्गुन ८,९ गते हुन लागेको राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सबै जिल्लाबाट अनिवार्य कर्मचारी साथिहरु उपस्थित हुनुपर्ने बताएको छ।

कार्यक्रमको सञ्चालन प्रदेश सचिव प्रेम जिसिले गर्नुभएको , लुम्बिनी प्रदेश अर्थ सचिव नबराज गैरेले बताउनु भएको छ ।

Seen by Mehar Singh KC at Wednesday 08:37

अन्य समाचारहरु