स्ववियु निर्वाचनलाई सन्सदबादीले मिनि चुनाबमा परिणत गरे – अध्यक्ष राई

 

 

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय अध्यक्ष मिलन राईले स्ववियु निर्वाचनलाई नेपालमा रहेका बर्तमान ससदवादी पार्टीका सगठनले मिनि चुनाबमा परिणत गरेर विधार्थीकाे हक अधिकार कुन्ठित गरेकाे बताएका छन्
No description available.
नेपाल कम्युनिस्ट पाटि (बहुमत ) निकट बिधार्थी सगठन अखिल क्रान्तीकारी लुम्बिनी प्रदेशदारा आज आयोजना गरिएको स्वबियु विशेष निर्वाचन कार्यक्रम लाई सम्वाेधन गदै अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय अध्यक्ष मिलन राईले यस्तो बताएका हुन्
अध्यक्ष राईले बिधार्थीकाे हकहित लागि निरन्तर रूपमा लाग्ने सगठन अनेरास्ववियु भएकाेले स्ववियु निर्वाचन आफ्नो सगठनले देशभरि जित्ने दावी गदै विधार्थीहरूलाई अधिकार सम्पन्न हरेक बेथितिका विरुद्ध गरेको अन्दोलनमा आफुहरू सदैब साथ दिएको बताउदै, नेपालमा रहेका ससदवादीले स्ववियु निर्वाचनलाई मिनि संसदकाे रूपमा परिणत गरेर शासन सत्ता आफ्नो हातमा पार्ने चेष्टा गरेर स्वतन्त्र विधार्थी युनियनलाई पार्टीको सगठनमा परिणत गरेकोे बताउदै अहिले स्ववियु निर्वाचन निष्पक्ष हुनुपर्ने बताए ।
No description available.
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका प्रदेश ईन्चार्ज लाल बहादुर बिसी ले हरेक पाटीलाइ चलायमान गतिशिल बनाउनकाे लागि बिधार्थी सगठनकाे महत्त्वपूर्ण भुमिका रहेको बताउदै स्ववियु निर्वाचन जसरी पनि आफ्नो पक्षमा पार्नु पर्ने बताउदै स्ववियु निर्वाचनको लागि पार्टीले भरपुर सहयोग गर्ने बताए
No description available.
कार्यक्रम सगठनकी महासचिव रूपा बुढा मगर लगायतले प्रशिक्षणमुलक मन्तब्य राख्नु भएको थियोे
कार्यक्रम अनेरास्ववियु लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम बाेहाेरा ,सचिव ईन्दु वलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेशभरी रहेका जिल्लाका अध्यक्ष प्रतिनिधि क्याम्पस ईकाइ अध्यक्ष केन्द्रीय सदस्य लगायतको उपस्थिति रहेको थियोे

अन्य समाचारहरु