दिल्लीको मेयरमा आम आदमी पार्टीकी शैली ओबरोय निर्वाचित

 

 

एजेन्सी।

एजेन्सी – दिल्ली नगर निगमको मेयरमा आम आदमी पार्टीकी शैली ओबरोय निर्वाचित भएकी छन्। भारतीय जनता पार्टीकी उम्मेदवार रेखा गुप्तालाई ३४ भोटले हराउँदै उनी मेयरमा निर्वाचित भएकी हुन्। शैलीले १५० भोट पाइन्।

यस्तै नगर निगमको उपमेयरमा पनि आम आदमी पार्टीका मोहम्मद इकबाल विजयी भएका छन्। दिल्लीले चुनाव भएको ८० दिनपछि मेयर पाएको हो।

दिल्लीले १० वर्षपछि महिला मेयर पाएको छ। यसअघि सन् २०११ मा दिल्ली नगर निगममा भाजपाकी रजनी अब्बी अन्तिम महिला मेयर थिइन्। जितपछि मेयर ओबरोयले जनताको अपेक्षा पूरा गर्न सबै मिलेर काम गर्नुपर्ने बताइन्।

मेयर आफ्नो पार्टीले जितेपछि आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जनताको जित भएको र गुण्डागर्दीको हार भएको प्रतिक्रिया दिएका छन्।

AAP's Shelly Oberoi wins, Delhi gets new Mayor after 75 days, Kejriwal says 'goons' lost - India Today

दिल्ली नगर निगमको चुनाव डिसेम्बर ४ मा भएको थियो। डिसेम्बर ८ मा मतपरिणाम आएको थियो। चुनावमा भाजपा १५ वर्षपछि बहुमत गुमाएको थियो। नगर निगमको २५० सिटमध्ये मेयरका चुनिनका लागि १३८ भोट आवश्यक पर्छ।