अखिल (क्रान्तिकारी) द्वारा भैरहवामा प्रदर्शन, मेडिकल कलेज विरुद्ध बिधार्थीहरु सडकमा

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) द्वारा भैरहवामा प्रदर्शन गरिएको छ ।
भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर क‍‍ोण सभामा परिणत भएको थियोे ।

No description available.

सभामा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले मेडिकल माफिया विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएसका बिधार्थीहरुलाई चिकित्सा शास्त्र अध्यन संस्थानले(IOM) ले ब्यारियर सिस्टमको नाममा बिधार्थी निष्कासन गर्नु र मेडिकल कलेजहरुले ५ बर्षैका शुल्क लिनु न्याय संगत नभएको भन्दै कारबाहीको माग गरेका छन् ।

No description available.

अध्यक्ष शाहीले बिधार्थीका समस्या बारेमा आफ्नो संगठन देशभरी आन्दोलनमा गर्ने घोषणा समेत गरेका छन् । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सरद ओली,जिल्ला सेक्रेटरी विरेन्द्र विक,चिकित्सा शिक्षा संघर्ष समितिका नेता राजिव दास,अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बिष्णु रावत क्षेत्री,अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य योगेन्द्र यादव लगायतले मेडिकल माफिया विरुद्ध शंसक्त आन्दोलनको आवश्यक रहेको बताएका थिए ।

No description available.

कोणसभा पछि संगठनले भैरहवा मेडिकल कलेजका प्रिन्सिपल हेमन्त हलुवाईलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए भने कलेजका प्रमुख प्रशाशकिय अधिकृत कमल ढकाललाई भेटेर पिडित बिधार्थीका माग प्रति गम्भीर र जिम्मेवार बन्न ध्यानाकर्षण गराईएको थियोे ।

अन्य समाचारहरु