
काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।





