
भैरहवा – सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४ औँ साधारण सभाको आज भैरहवामा उद्घाटन गर्दै उहाँले केही समययता बैङ्कको ऋण नतिर्ने जस्ता विषयमा हल्ला सुरु भएका र यसबाट अराजकता सिर्जना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने धारणा राख्नुभयो ।

उहाँले बैङ्कको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनुपर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले देशको अर्थतन्त्रको अवस्था हेरेर व्यवसायीहरूले धैर्य धारण गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । उहाँले उद्योग व्यवसायमा धैर्य धेरै चाहिने र यसबाट मात्र व्यावसायिक सफलता हात लाग्ने उहाँले सुझाव दिनुभयो ।

उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमकार गौचन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्र डगमगाएको अवस्था देखिएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँहरूले सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योगभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।




