“मिसन ग्रासरूट” अभियान तिव्र : मालारानी गाउँपालिका वडा नं. ४ खनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

spot_img
-हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले “मिसन ग्रासरूट” अभियान लाई जिल्लाका विभिन्न स्थानीय तहमा तिव्रताका साथ अगाडि बढाएको छ ।
No description available.
नेकपा एमाले अर्घाखाँचीले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत मालारानी गाउँपालिका वडा नं. ४ खनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
No description available.
नेकपा एमाले पार्टी पाेलिटब्युराे सदस्य अभियानका केन्द्रीय प्रतिनिधि सुर्य थापाकाे प्रमुख आतिथ्यता, पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, सचिव ताेजबहादुर रायमाझी, कार्यालय सचिव लिलबहादुर बि.क., जिल्ला कमिटी सदस्यहरू बालकृष्ण आचार्य, गंगाराम खनाल, मुनाल खड्का, बिष्णु आचार्य, जिल्ला जेष्ठ कम्युनिष्ट मंचका
No description available.
सचिव पर्सुराम पाेख्रेल, पालिका कमिटी उपसचिव गाउँपालिका उपाध्यक्ष दिपा पाेख्रेल, जिल्ला सल्लाहकार परिषद सदस्य, प्रदेश क्षेत्रीय समन्वय कमिटीका सदस्यहरू, पालिका कमिटीका सदस्यहरूकाे आतिथ्यता वडा कमिटीका सदस्यहरू, जनसंगठनका वडा स्तरीय पदाधिकारी, टाेल कमिटीका पदाधिकारीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिएका हुन ।
No description available.
   कार्यक्रमबाट टाेल स्तरीय कार्ययाेजना निर्माण समेत गरेकाे छ ।
No description available.
नेकपा एमाले पार्टीलाई बलियो वैचारिक र अनुशासित बनाउन “मिसन ग्रासरुट “महत्त्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।
Enter

Hari

मिसन ग्रासरूट अभियान : खनमा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न।

अन्य समाचारहरु