हाेली पर्वकाे अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले दिए शुभकामना

spot_img

काठमाडाैं । फागु पूर्णिमा अर्थात हाेली पर्वकाे अवसरमा साेमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका शीर्ष नेताहरुले समेत शुभकामना दिएका छन्।

बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेफिचर)

राष्ट्रपति भण्डारीले हाेली पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्ने बताउनुभएकाे हाे । यस पर्वले मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने समेत बताउनुभयाे ।

How to Make Holi Colours At Home - 7 Easy Natural Holi Colours

त्यस्तै, प्रधानमन्त्री दाहालले पनि देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको बताउनुभएकाे छ । हाेली पर्वले यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्ने बताउनुभयाे ।

सरकारले सोमबार पहाडी भेगमा सार्वजनिक बिदा समेत दिएको छ । तराईमा भने यो पर्व मंगलबार मात्रै मनाउने गरिन्छ ।