सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

spot_img

काठमाण्डौ –सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।

 

सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसद्‌मा दर्ता गर्ने निर्णय गरेको हो।

द्वन्द्वकालीन घटनाका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कारबाही माग गर्दै मुद्दा दर्ता भएपछि सरकारले शान्ति प्रक्रिया टुंगो लगाउन गठित आयोगलाइ अघि बढाउन लागेको हो।

प्रधानमन्त्रीलाइ तत्काल कारबाही माग गर्दै मंगलबार सर्वोच्च अदालतमा दुईवटा मुद्दा  दर्ता भएका छन्।

आज बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए।