निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभा सुरू

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभा सुरू भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औँ साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गरेका हुन् ।


साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

साधारणसभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी हुनेछन् ।