ढाकावाङ्गको प्रगति सहकारीद्वारा कृषकलाई बाेयर बाेका वितरण

– टेकराज भुसाल , अर्घाखाची।

अर्घाखाँची । प्रगति कृषक सहकारी संस्था लिमिटेड भूमिकास्थान नगरपालिका १र२ ढाकावाङ्गले कृषकहरुलाई बाेयर बाेका वितरण गरेको छ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र अर्घाखाँचीकाे आर्थिक सहयोगमा कृषकहरुलाई शुद्ध ५० % का बाेयर जातका बाेका वितरण गरिएको हो।

No description available.

बाेका वितरण गर्दै संस्थाका अध्यक्ष भुवानन्द भुसालले सहकारीले विगतदेखि नै सहकारीका सदस्यहरुलाई बाेयर बाेका मात्रै नभई विभिन्न खाेर निर्माण तथा भकाराे निर्माण, कृषकलाई आवश्यक पर्ने विभिन्न औजार, घाँस तथा फलफूलका बिरुवा वितरण गरेको बताउनुभयो।

No description available.

अध्यक्ष भुसालले सहकारीले मकै पकेट, तरकारी पकेट लगायतका कार्यक्रम संचालन गरी कृषकलाई राहत दिएको बताउदै आगामी दिनहरुमा समेत कृषकहरूकाे आवश्यकता अनुसार विभिन्न पकेट सञ्चालन गर्नुका साथै कृषकहरुलाई आवश्यक पर्ने औजार, बीउ, विरुवा लगायतका अन्य सामाग्री वितरण गर्ने बताउनु भयो।

No description available.

त्यस्तै भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा सदस्य नारायण प्रसाद खनालले कृषकलाई सहकारीको माध्यमबाट स्थानीय सरकारले समेत राहत दिएको बताउनुभयो।

कार्यक्रम भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा सदस्य द्राेण बेल्वासे, वडा सचिव प्रकाश नेपाली, पशु प्राविधिक हुमाकान्त बन्जाडे लगायतको आतिथ्यता रहेको कार्यक्रमकाे सहजीकरण सहकारी संस्थाका सचिव खिम बहादुर राउतले गर्नुभएको थियो ।

images