लुम्बिनी प्रदेश सभा बैठक चैत ७ गतेका लागि आह्वान

images

 

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने तय भएको छ। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ।

Lumbini Provincial Ministers to be sworn-in today

यसअघि प्रदेश सभाको छैटौँ बैठक गत फागुन १७ गते बसेको थियो।

 

अन्य समाचारहरु