सुरक्षाको माग गर्दै लुघुबित्तले बुझाए ज्ञापनपत्र

 

-कृष्ण परियार ,सन्धिखर्क ।

सन्धिखर्क । रुपन्देही जिल्लाभर संचालनमा रहेका विभिन्न लघुबित्तहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन । पछिल्लो दिनहरुमा विभिन्न ब्यक्ती तथा समूहले अनैतिक तथा अराजक क्रीयाकलाप गरिरहेको भन्दै ध्यानाकर्षण गराउनको लागि ज्ञापन पत्र बुझाएको मेरो माइक्रोफाइनान्सका म्यानेजर सन्तोष पोख्रेलले बताए ।

लघुबित्त कर्मचारी मिलनका अध्यक्ष खुमानन्द पोखरेलको अध्यक्षतामा बैठक बसि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी शशिधर पाण्डेलाई जिल्लामा संचालनमा रहेका ३० बढी लघुबित्तका प्रमुख तथा प्रतिनिधिको उपस्थितमा ज्ञापनपत्र बुझाइएको हो ।

No description available.

ज्ञापन पत्रमा भनिएको छ नेपाल राष्ट्र बैंक बाट ईजाजत प्राप्त घ बर्गको बैंक तथा वित्तीय संस्था नियमन बिभाग बालुवाटार काठमाण्डौमा नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा कम्पनी ऐन २०६३ बमोजिम बिभिन्न मितीमा दर्ता भै बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ४ तथा राष्ट्र बैंक बाट जारी निर्देशन एबम् सर्तहरुको अधिनमा रही बित्तिय कारोबार सञ्चालन गर्न ईजाजत प्राप्त बिभिन्न लघुवित्त संस्थाका शाखा कार्यालयहरु खोलि यस रुपन्देही जिल्लामा वित्तीय कारोबार गरिरहेका छन् ।

आफ्नो कार्यभार संचालन गरिरहदा बिभिन्न व्यक्ती तथा समुहले अनैतीक तथा अराजक किसिमका गतिबिधी गर्ने, कर्मचारीहरु माथी गालि गलौज तथा हातपात गर्ने लगायतका क्रीयाकलापहरु गर्ने गरिएको जानकारी गराउदै भोलिका दिनहरुमा यस्तो किसिमका गतिविधिमा रोक लगाउन र सस्था र कर्मचारीको सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

No description available.

  लुघुबित्तले बुझाए ज्ञापनपत्र

ज्ञापन पत्रमा भोलिका दिनहरुमा जिल्लामा रहेका बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुबिधामा समस्या सिर्जना हुने भन्दै त्यसतर्फ सजक रहन आग्रह गरिएको छ । लघुवित्तका कर्मचारीहरु माथी हुने गरेका यस्ता गतिविधिहरु प्रती भर्सना गर्दै सस्था तथा कर्मचारीको जिउधनको सुरक्षाको लागि माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख पाण्डेले पछिल्लो समयमा देखिएका समस्या र गतिविधि प्रती प्रशासन सुरक्षा दिन तयार रहेको बताए । पाण्डेले लघुबित्त संचालक तथा कर्मचारीहरुलाइ आफ्नो काम र कर्तव्यलाई सहि तरिकाले गर्न आग्रह गर्दै जनपक्षीय काम गर्न सुझाए ।

सस्था तथा कर्मचारीको सुरक्षाको ब्यबस्थापन हुने समेत आश्वासन समेत दिए । पछील्ला दिनहरुमा सहकारी तथा लघुबित्तका काम कामकारबाहिलाइ लिएर विभिन्न स्थानमा बिरोध तथा आक्रमणहरु हुने गरेका छन ।

 

 ज्ञापनपत्र : 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.