मापदण्डबिना नै घोषणा गरिन्छन् शहीद, एकैपटक थपिए ८ हजार बढी शहीद

काठमाडौं । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ ।

सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१ जनालाई एकैपटक शहीद घोषणा गर्दै उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ८ हजार बढीको राजपत्रमा नामावली प्रकाशित भएको गृह मन्त्रालयले जनाएको छ ।

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले माओवादी सशस्त्र युद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।समाचारपत्रले उल्लेख गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !