राहुल गान्धीको संसद् सदस्यता खारेज

एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको छ ।

लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो।

Rahul Gandhi's Conviction: What Happens Next

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए। राहुल गान्धीले १३ अप्रिल २०१९ मा कर्नाटकको कोलारमा एउटा चुनावी र्‍यालीमा भनेका थिए, “नीरव मोदी, ललित मोदी, नरेन्द्र मोदीको उपनाम किन समान छ सबै चोर ? भनेर भाषण गरेका थिए ।

सोही भाषणलाई लिएर राहुल विरुद्ध अदालतमा मानहानीको मुद्दा परेको थियो । सो मुद्दाको बिहिबार फैसला भएको थियो । जसमा राहुलाई २ वर्षको जेल सजाए तोकिएको थियो । तर उनी १० हजार धरौटीमा रिहा भएका थिए । अदालतले सुनाएको फैसलालाई आधार मानेर भारतको संसदले राहुलको संसद सदस्यता रद्द गरेको हो ।