राष्ट्रिय जनगणना २०७८ : छोरीभन्दा छोरा धेरै जन्मिए

-रासस  

काठमाडौं। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन  प्रतिशत जन्मिएको पाइएको हो।

जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए।

राष्ट्रिय जनगणनामा:छोरीभन्दा छोरा धेरै जन्मिए | Nagarik News - Nepal Republic Media

जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन्। नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ।

यस्तै एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक  प्रतिशत छन् भने नौ वा सोभन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ। जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ।

छोरीको जन्मदर 'घट्दो', सामाजिक संरचना जोखिममा पर्ने चिन्ता - BBC News नेपाली

तस्बिर -बिबिसी

राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४ दशमलव चार  प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२ दशमलव तीन प्रतिशत छन्।

दश वर्ष मुनि शुन्य दशमलव तीन प्रतिशतको विवाह

राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु शुन्य दशमलव तीन  प्रतिशत छन्।  यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु सात प्रतिशत छन्। समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ। जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ।

-तस्बिर: बिबिसी