छ्त्रदेब : चौवाहमा सामुदायिक स्वास्थ्य इकाइ नवनिर्मित भवनको उद्द्घाटन (तस्बिर सहित)

 

-केशब पन्थी ,अर्घाखाची डट्कम।

छ्त्रदेव – छ्त्रदेव गाउपालिकाको वार्ड ६ चौवाहमा सामुदायिक स्वास्थ्य इकाइ नवनिर्मित भवनको उद्द्घाटन भएको छ।

No description available.

कार्यक्रममा भवन निर्माणको लागी नि:शुल्क जग्गादान गर्नु हुने जग्गादाताहरुलाई सम्मान गरिएको थियो। छ्त्रदेव गाउपालिकाको सहयोगमा निर्मित सो भवनको उद्घाटन गाउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नुभएको थियो।

No description available.

छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह निवासी   रविलाल पौडेलले भवनका लागी करिब २ रोपनी ४ आना जग्गा नि:शुल्क दान दिनु भएको थियो।

No description available.

यसैगरी छत्रदेव गाउँपालिका वडा नं. ७ निवासी समाजसेवी प्रेम प्रसाद पन्थीले  करिब ४ आना बराबरको जग्गा दान गर्नु भएको थियो।

images

No description available.

जग्गादाताहरुलाई सम्मान गर्दै पालिका अध्यक्ष श्रेष्ठले दानबिरहरुलाई बिशेष धन्यबाद दिनु भएको थियो।

images

No description available.

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह र आसपासका क्षेत्रमा रहने नागरिकहरुको लागि स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले पुर्णता पाउँदा आफु अत्यन्तै खुशी भएको र् अब यस् क्षेत्रको बिकासमा यो एउटा कोशेढुङ्गा साबित हुने बताए।

images

No description available.

अध्यक्ष श्रेष्ठले आगामीदिनमा यस संस्थाको स्तरोन्नति गर्दै एउटा सुविधाजनक  अस्पताल निर्माण गर्ने लक्ष्य रहेको बताए।

No description available.

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

Nepal life insurance