नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा ,शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

-दिपक भुसाल ।

बुटवल ,१८चैत्र । नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा व्यवस्थापन समूह कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम शुक्रवार सम्पन्न गरेका छन् ।

No description available.
उक्त समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाईले नवीन औद्योगिक कदर बहादुर रीता माविले नेपालमै शैक्षिक गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएर सबैको आकर्षणको केन्द्र बन्न सफल हुनुका साथै विद्यार्थी अनुशासन समयको माग अनुसारको पठनपाठन, खेल क्षेत्रमा समेत अगुवाई गरेको भन्दै खुशी व्यक्त गरे ।उनले आउँदै गरेको कक्षा १२को अन्तिम परीक्षामा सबै विद्यार्थीको उत्कृष्ट नतिजा हासिल गर्नेछन् भनी सुभकामना तथा हौसला प्रदान गरेका थिए।

विशिष्ट अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवल कार्यालय प्रमुख रमाकान्त तिवारीले नवीन औद्योगिक कदर बहादुर रीता मावि राष्ट्रकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएको र विद्यालयले विद्यार्थीहरुको प्रतिभा चाहना बुझेर व्यवहारसंग जोड्ने काम विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकको नेतृत्व भएको भन्दै खुशी व्यक्त गरे ।

व्यवस्थापन समुह कक्षा ११ का अबिजित पन्थीको अध्यक्षतामा प्रकृति पाण्डे र सुधिर खड्काको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, व्यवस्थापन समूह कक्षा १२ इन्चार्ज केशवराज पन्थ, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, विद्यार्थीहरु प्रदिप पछाई लगायतले मन्तब्य व्यक्त गरे । सुवास अधिकारी र वेद प्रकाश कहारले कविता वाचन गरेको कार्यक्रममा कलाकार विद्यार्थीहरुले रोचक सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

अन्य समाचारहरु