भूमिकास्थान रुपन्देही सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-टेकराज भुसाल ।

बुटवल। भूमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाजले भित्ते पात्राे बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

No description available.

भूमिकास्थानबाट रुपन्देही आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकालाई गोलबद्ध गर्दै समाजले मंगलबार बुटवल १३ बेलवासमा नव वर्ष २०८० काे शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमाेचन गरेको हो ।

No description available.

कार्यक्रममा समाजका जेष्ठ सदस्य रघुपति चुदाली, उपाध्यक्ष ढुण्डिराज खनाल, महिला सदस्य शान्ता भुसाल, क्यालेन्डर प्रकाशन समिति संयाेजक रामप्रसाद भुसाल, सल्लाहकार टान बहादुर खत्री, कानुनी सल्लाहकार बसन्त पोख्रेल र प्रेस सल्लाहकार टेकराज भुसालले बाेल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको

No description available.

बनाउदै भूमिकास्थानबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नुभएका सम्पूर्णले आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारीका रुपमा सम्पर्क समाजलाई स्थापित गर्नुपर्नेमा जाेड दिएका थिए।

No description available.

कार्यक्रम सम्पर्क समाजका अध्यक्ष लक्ष्मण वेल्वासेकाे अध्यक्षता, सचिव यमप्रसाद गैरेकाे संचालन र उपाध्यक्ष गाेपालप्रसाद गैरेकाे स्वागतमा सम्पन्न भएको थियो।

 

अन्य समाचारहरु